२०८३ जेष्ठ २६ गते मङ्गलवार

पलले म्युजिक भिडियोमा उतारे आफ्नै जेल जीवन

काठमाडौँ ,बैशाख २९। नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका अभिनेता पल शाहले उक्त घटना भिडियोमा पनि उतारेका छन् ।

‘तिमीलाई हेर्ने बानी प¥यो’ गीतको म्युजिक भिडियोमा उनले उक्त घटना उतारेका हुन् ।

उनकै अभिनय तथा निर्देशन रहेको भिडियोमा कैदी जीवनदेखि रिहाइसम्मको घटना देखाइएको छ । पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।

अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् ।

पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाइ, विभिन्न धार्मिक समुदायका मानिसहरूले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ ।

भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।

भिडियो पलले कैदीबन्दीप्रति पनि समर्पित गरेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *