काठमाडौँ,बैशाख २६ । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दै छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ।
बैठकमा आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डालगायतका विषयमा छलफल गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
छलफलपछि केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुने जनाइएको छ। पार्टीको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ।
यसअघि झापामा हुने भनिएको बैठक काठमाडौँमा सारिएको थियो ।
साथै, आजको बैठकमा नक्कली शरणार्थी प्रकरणपश्चात् फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीको बारेमा पनि बैठकमा छलफल हुने सम्भावना रहेको छ। फरार रायमाझीको प्रहरीले खोजी गरिरहेको छ।
टोपबहादुरका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार