२०८३ बैशाख १६ गते बुधवार

उपनिर्वाचन ः चितवन–२ मा रास्वपाका लामिछाने फराकिलो मतान्तरले विजयी

चितवन,बैशाख १२ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतसहित विजयी भएका छन्।

मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन्।

दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ रहेका छन्। उनले ११ हजार ११४ मत ल्याएका छन्। रवि र जीतबीचको मतान्तर नै ४३ हजार ६१ रहेको छ।

तेस्रो नम्बरमा समेटिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याएका छन्।

रविले विजयी हुने क्रममा मंसिरमा पाएको मतभन्दा ५ हजार धेरै मत ल्याएर आफ्नै रेकर्ड तोडेका छन्।

यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए।

तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यहीकारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।

रविले मतान्तरमा पनि रेकर्ड बनाएका छन्। उनले ४३ हजार ६१ मतको फराकिलो अन्तरसहित जित आफ्नो पक्षमा पारेका हुन्।

मंसिरको निर्वाचनमा उनले कांग्रेस–एमाले उम्मेदवारसँग १९ हजार ६ सय ३४ मतान्तर बनाएका थिए।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *