काठमाडौँ,बैशाख ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ क्षेत्र नम्बर एक प्रतिनिधिसभा सदस्यका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी गएराति तोडफोड भएको छ।
वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको हो।
प्रहरीका अनुसार तनहुँको व्यास नगरपालिका-३ दमौलीमा पार्किङ गरिराखेको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले गाडी तोडफोड घटनाबारे शुक्रबार बिहान थाहा भएको बताए। घटनाको सूचना प्राप्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँको टोली अनुसन्धानमा खटिएको उनले जानकारी दिए।
तोडफोड गर्ने अज्ञात समूहको खोजी जारी रहेको उनको भनाई छ। गाडीको पछाडिको साइडको सिसा फुटेको छ।
स्वर्णिमका बाबु जीवनराम गएराती दमौलीस्थित एक होटलमा बसेका थिए। होटलमा पार्किङ नभएका कारण गाडि सडकमा राखेको अवस्थामा तोडफोड भएको प्रहरीले जनाएको छ।
