काठमाडौं,बैशाख ५ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्ध घरेलु टिम नेपालले तेस्रो विकेट लिएको छ ।
टीयू क्रिकेट मैदानमा जारी खेलमा मलेसियाविरुद्ध नेपाललाई तेस्रो विकेट ललितनारायण राजवंशीले दिलाएका हुन् । ललितले भिरन्दिप सिंहलाई ४६ रनमा आउट गराए ।
यसअघि गुल्सन झा र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । नेपाललाई दोस्रो विकेटको रुपमा मलेसियाका कप्तान अहमद फाइजलाई आउट गराए । ९५ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै कप्तान फाइजले ७६ रन बनाए ।
यसअघि गुल्सन झाले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले मोहम्मद आमिरलाई १७ रनमा आउट गराए । ३८ ओभरको समाप्तिमा मलेसियाले तीन विकेटको क्षतिमा १५६ रन बनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार