२०८३ बैशाख १६ गते बुधवार

दाङबाट एसईई परिक्षा १३ हजार विद्यार्थी सहभागी हुँदै

दाङ चैत ७ । यस वर्षको एसईई परिक्षामा दाङबाट १३ हजार ४ सय ५२ विद्यार्थी सहभागी हुँदैछन् ।

जसमा छात्रा ७ हजार १ सय ६ जना छन् भने छात्र ६ हजार ३ सय ४६ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाई दाङका निमित्त इकाइ प्रमुख देवमणी चौधरीले जानकारी दिए ।

त्यसमध्येमा पनि २ जना छात्रा र १ जना छात्र गरी ३ जना अपाङ्गता विद्यार्थीको पनि सहभागीता रहेको प्रमुख चौधरीले बताए ।

प्राविधिक धार ९नियमित० तर्फका ३ सय ४० जना,साधारण ९नियमित० तर्फका १२ हजार ८ सय २८ जना र ग्रेड वृद्धि तर्फका २ सय ८४ जना गरी कुल १३ हजार ४ सय ५२ विद्यार्थी रहेका छन् ।

एसईई परिक्षाका लागी दाङमा ४५ वटा परिक्षाकेन्द्र तोकिएको छ ।

अहिले उत्तरपुस्तिका तयार पार्ने काम भईरहेको र केन्द्राध्यक्षको मनोनयन एक हप्ता भित्र हुने प्रमुख चौधरीले बताए । परिक्षा चैत्र १७ गते देखि सुरु हुदै छ ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *