२०८३ बैशाख १७ गते बिहिवार

अतिथि भवन निर्माणकालागि गोलौरामा श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने

तुलसीपुर, फागुन २१ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरामा अतिथि भवन निर्माण गर्नकालागि श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ ।

सोमबारदेखि फागुन २८ गतेसम्म सप्ताह चल्नेछ ।

लक्ष्मी टोल थित शिव मन्दिरको आयोजनामा महायज्ञ हुन लागेको हो । बालव्रह्मचारी युवासन्त श्री स्वामी केशवाचार्य ९सूर्यपार्की० ले काथा वाचन गर्नेछन् ।

सोमबार विहान ११ बजे शोभायात्रा, पूर्वाङ्ग तथा कथा प्रारम्भ हुने आईतबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । महायज्ञमा भूमिदान,गोदान, दाल, चामल, बालभोग, राजभोग पनि गर्न सकिनेछ ।

महायज्ञमा मुलकर्ता बन्नकालागि ५१ हजार, बिशेष कर्ताकालागि २१ हजार, कर्ता बन्नकालागि ५ हजार १ सय, एक दिनको राजभोगकालागि ११ हजार, एक दिनको बाल भोगकालागि ५ हजार एकसय तोकिएको छ ।

मुल आयोजक समितिका संयोजक लोकराज डाँगीको अध्यक्षता तथा गुरु सूर्यपार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेश केसी, प्रचार प्रसार समितिका संयोजक पूर्णविक्रम डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण मन्दिर ब्यबस्थापन समितिका सचिब डम्बर डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *