२०८३ बैशाख १६ गते बुधवार

दंगीशरणमा पाचौं रास्ट्रपति रनिङ शिल्ड सुरु

तुलसीपुर,माघ २६। दंगीशरण गाउँपालिका स्तरिय पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आज बिहिवार देखि सुरु भएको छ ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य मानिय दिपक गिरीले गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले दंगीशरण गाउँपालिकालाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागी पर्ने बताए ।

भौगोलिक भु-बनोट र हावापानीका दृष्टिकोणले उत्तम पालिका खेलकुदको गन्तव्य बन्न खेल पुर्वाधार पहिलो आधार हो,यसर्थ हामी पालिकामा बहुउद्देश्यीय कवर्डहल निर्माणलाई पहिलो प्राथिकतामा राखेका छौ,उनले भने ।खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुटौ सिङ्गो पालिका खेलकुदको गन्तव्य अवश्य बन्नेछ ।

कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सभा सदस्य माननीय धनबहादुर मास्किले स्थानिय तहले ग्रमाणी स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्दै यसको विकासमा चासो र चिन्तन गर्नु पर्ने बताए ।

मानव जिवनमा शिक्षाको जत्तिको छ खेलकुद पनि त्यत्तिकै महत्त्व रहेकाले शिक्षा र खेलकुदलाई संगसंगै लैजानुपर्ने उनको भनाई छ ।

उनले यस क्षेत्रको खेलकुदको बिकासमा आफू लागि पर्ने बताए ।

साथै उनले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताए ।

गाँउपालिका अध्यक्ष सम्भु गिरीले बालवालिकाको सर्वाङगीन विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आँफु लागि पर्ने बताए।

हामी गाँउपालिकाको निति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौ,अब दंगीशरण गाँउपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ,अध्यक्ष गिरीले भने ।

गाउँपालिका सामाजिक बिकास समितिका संयोजक रोषण जंग शाहको स्वागत रहेको कार्यक्रममा विभिन्न कला संस्कृती झल्कने नृत्री प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संचालन पालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजि बिधालय गरि ८ बिधालयको सहभागिता रहेको पालिका प्रेस संयोजक प्रमोद आचार्यले जानकारी दिए ।

यसैबिच आज सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड ईभेन्ट्समा बिरेन्द्र नमुना माबी हेकुली ५ स्वर्ण,१ रजत र १ कास्य पदका साथ अग्र स्थानमा रहेको छ ।

त्यस्तै सिद्धपृथ्वी माबी श्रीगाउ १ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ दोस्रो स्थानमा रहदा माबी मधपुर १ स्वर्ण,१ रजत र २ कास्य पदकका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत भोलि शुक्रबार एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रा तर्फ खेलहरु बिहान ८ बजेदेखी सुरु हुनेछ्न् ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *