काठमाडौं ,माघ २३ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सचक १.५४ अंकले बढेको छ।
यससँगै सूचक २०९६.०८ विन्दुमा आएको छ। २ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस अवधिमा ७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री भएको हो।
यो सेसनमा कुल १५ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ।
प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
