काठमाडौं ,माघ २३ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भने सरकारबाट आइतबार बाहिरिएको छ ।
प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
