२०८३ साउन २० गते बुधवार

आधा बजेट खर्च नगर्ने प्राधिकरणको फेरि ठूलो बजेट

काठमाडौँ,साउन १६ । गत आर्थिक वर्षमा लक्ष्यको आधा पनि खर्च गर्न नसकेको नागारिक उड्डयन प्राधिकरण९क्यान० ले चालु वर्षका लागि ४१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ।

गत आर्थिक वर्ष ४३ अर्ब, ६७ करोड रूपैयाँ विनियोजन गरेकोमा २१ अर्ब ३२ करोड रूपैयाँ मात्र खर्च गरेको छ। यो खर्च कुल बजेटको ४८.८१ प्रतिशत मात्र हो।

क्यानले पुजिँगत खर्चतर्फ २३ अर्ब ३ करोड ५३ लाख विनियोजन गरेकोमा १३ अर्ब ३६ करोड मात्र खर्च गरेको छ। जुन कुल बजेटको ४१.७० प्रतिशत मात्र हो। यसैगरी ४ अर्ब १० करोड ८१ लाख कार्य सञ्चालन खर्च छुट्याएकोमा वास्तविक खर्च ३ अर्ब ३६ करोड ३७ लाख मात्र हुन सकेको छ। यो कुल खर्चको ६२ प्रतिशत मात्र हो।

यस्तै वित्तीय व्यवस्थापनतर्फ ७ अर्ब ६७ करोड ७७ लाख विनियोजन भएकोमा ४ अर्ब ६९ करोड ७४ लाख मात्र खर्च भएको छ। जुन कुल बजेटको ६२ प्रतिशत मात्र हो।

यस्तै आम्दानीतर्फ भने प्रस्तावित ६ अर्ब ४४ करोड ७१ लाखमा ७ अर्ब ५५ करोड ७१ लाख संकलन गर्दै लक्ष्यभन्दा १६.६७ प्रतिशत बढी संकलन गरेको छ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन तथा उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरणलगायत बजेट तथा कार्यक्रमहरू प्राथमिकता राखेका छन्। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण तथा आन्तरिक टर्मिनल भवनको आगमन हलको निर्माण रहेका छन्।

प्राधिकरणले चालु वर्षमा बजेट व्यवस्थाको मुख्य कार्यक्रमहरूमा त्रिभुवन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण कार्य, धनगढी र सिमिकोट विमानस्थल जग्गा प्राप्ति सम्बन्धी कार्य, गौतमबुद्ध विमास्थलमा ‘ट्याक्सी वे’ स्तरोन्नति गर्ने कार्य, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो टर्मिनल भवनको निर्माण कार्य रहेका छन्।

यस्तै भक्तपुरको नलिनचोकमा हेलिप्याड निर्माण कार्य, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य जारी रहने, महेन्द्रनगर विमास्थलको स्तरोन्नति कार्य, उदयपुर विमानस्थल निर्माण कार्य, रामेछाप तथा धनगढी विमानस्थलमा विद्युतीय उपकरण जडान कार्य तथा चन्द्रगढी, जनकपुर, सिमरा, धनगढी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ‘फायर भेहिकल’ खरिद कार्यलगायत कार्यक्रमहरू प्राथमिकतामा रहेका छन्।

प्राधिकरणको कार्यवाहक उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाले बजेटमा तय कार्यक्रमहरू गम्भीरताका साथ लागु भई समयमै समापन हुने बताए। उनले प्राथमिकतामा परेका सबै योजनाहरू पारदर्शी रूपमा सम्पन्न भई सञ्चालनमा आउने बताए।

नेपाल सरकारले गत साउन ८ गतेको निर्णयबाट स्वीकृत पर्यटन क्षेत्रको पुनरूत्थान कार्ययोजना अनुरूप प्राधिकरणले हवाई नीति र हवाई सेवा विकास विस्तारसँग सम्बन्धित सम्पूर्ण कार्ययोजनाहरूलाई प्राथमिकतामा राखेको प्रवक्ता जगन्नाथ निरौलाले बताए। उनले पर्यटनको विकास तथा प्रवद्र्धन हवाई सेवाको विकास विना सम्भव नभएको जनाउँदै पर्यटकको उचित व्यवस्था, विस्तार तथा पुनरूत्थानको लागि हवाई क्षेत्रको व्यवस्थित व्यवस्थापन तथा विकास गर्न सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए

पर्यटन पुनरूत्थान योजना अन्तर्गत सरकारले प्रधिकारणसँग सम्बन्धित पर्यटन नीति, हवाई नीति, चितवन, पोखरा लगायतका गन्तव्यहरूलाई वेडिङ तथा विभिन्न सेरोमोनियल गन्तव्यको रूपमा विकास गर्न सोसँग सम्बन्धित हवाई तथा स्थल यातायात सेवाको अन्तर आबद्धता र सञ्जालिकरणको अभिवृद्धि गर्ने कार्यलाई क्यानले प्राथमिकतामा राखेको छ।

यस्तै प्राधिकरणले हवाइ सेवा विस्तार तथा हवाई उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग समन्वयलाई निरन्तरता दिने, तीन महिना भित्र प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने, एक महिना भित्र गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा लाग्ने सेवा शुल्कमा दिइएको छुटलाई निरन्तरता दिने तथा चार्टर फ्लाइटलाई प्रोत्साहन गर्ने र ट्रान्जिट कार्गोका लागि आवश्यक कानूनी व्यवस्था गर्न पहल गर्नेलगायतका कार्ययोजनाहरूलाई प्राथमिकतामा राखेको छ।

यस्तै एक महिना भित्र सुरू गरी निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलहरूको सौन्दर्यीकरण, स्तरोन्नति गर्ने र सेवालाई प्रभावकारी बनाउने, लगायतका कार्ययोजनाहरूको घोषणा गरेको छ। एक महिना भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रचार प्रसार गरी पर्यटन सम्बद्ध सङ्घ संस्थाहरू, राष्ट्रिय वायुुेवा सञ्चालक र विदेशस्थित कूटनैतिक नियोगहरूसँग मिलेर प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमहरू प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *