दाङ,साउन १२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका छात्र उत्सव घिमिरे जिल्ला उत्कृष्ट भएका छन ।
एसईई २०७८ मा सहभागी भएका विद्यार्थीमा छात्र घिमिरेले सबैभन्दा बढी जिपिए ३.९५ लिएर जिल्लामै उत्कृष्ट भएका हुन् ।
लगनशील, परिश्रमी तथा मेहनति घिमेरे पढाइमा अब्बल विद्यार्थी हुन् । उत्सव सानैदेखि पढाइमा अब्बल हुन् ।
पाठ्यक्रम तथा पाठ्यपुस्तकका विषयमा कक्षा कोठामा नै छर्लङ्ग हुने उनको स्वभाव छ । पढाइलाई जहिले पनि पहिलो प्राथमिकतामा राख्ने र त्यसै बमोजिम काम गर्ने उनको स्वभाव साच्चिकै लोभ लाग्दो छ । प्रिन्सिपल मानसिं घर्तीले बताए ।ञआज मैले प्राप्त गरेको सफलता मेरो मेहनत होला, त्यो आफ्नै ठाउँमा छ । तर, मलाई यो सफलता प्राप्त दिलाउन अहोरात्र खट्ने मेरा गुरु तथा अभिभावक पनि त्यतिकै महत्त्व छ । मेरा गुरु, अभिभावको सहयोगका कारण नै मैले आज यो सफलता प्राप्त गरेको छु, सबैप्रति म कृतज्ञ छु,उत्सवले भने।’
प्राप्त सुचना अनुसार उत्सव नै दाङमा सबैभन्दा बढी जिपिए प्राप्त गर्ने विद्यार्थी रहेका छन् । यद्यपि विद्यालयले पनि उत्सवलाई जिल्ला उत्कृष्ट विद्यार्थीका रूपमा दावी गरेको छ ।
साथै विद्यालयले आज एक कार्यक्रमका बिच उत्सवलाई सम्मान समेत गरेको छ ।
