२०८३ साउन २१ गते बिहिवार

घोराही सिमेन्टले ७९ लाख ४३ हजार कित्ता सेयर जारी गर्दै,प्रिमियममा सेयर जारी गरिने

दाङ,साउन १ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा सेयर बिक्री गर्ने भएको छ। कम्पनीले सेयर निष्कासन प्रक्रियासमेत अगाडि बढाएको छ।

कम्पनीले सेयर निष्कासनका लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराहीले ७९ लाख ४३ हजार कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न लागेको हो।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हिमालयनका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टका मनीषनारायण जोशी र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्।

२०६४ सालमा दर्ता भई २०६९ देखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरेर व्यवसायिक उत्पादन थालेको घोराही सिमेन्टले हाल दाङमा रहेको उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ।

त्रिवेणी र विशाल समूहबाट संयुक्त रुपमा प्रवर्द्धित घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको दोस्रो ठूलो उद्योग हो।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *