२०८३ साउन २० गते बुधवार

हुम्लाका गाउँपालिकाका केन्द्रमा जग्गाको मूल्य बढ्यो

सिमकोट,असार ३० । हुम्लाका पाँच वटा गाउँपालिकाका केन्द्रमा जग्गाको मूल्य बढेको छ।

मालपोत कार्यालय हुम्लाका प्रमुख रविन्द्र शाहीका अनुसार नाम्खा, खार्पुनाथ, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकका केन्द्र रहेको स्थानमा ६६।६६ प्रतिशतले जग्गाको मूल्य बढेको हो।

गाउँपालिकाका केन्द्रहरु याल्वाङ, याङ्चुबजार, पिप्लाङ, श्रीनगर र छप्रेलामा नयाँ मूल्य लागू हुनेछ। यसअघि ती गाउँपालिका केन्द्रको जग्गाको मूल्य प्रतिवर्ग मिटर ६०० सय मात्र थियो।

अहिले ४०० बढाएर प्रतिवर्गमिटर एक हजार रुपैयाँ पुर्‍याइएको छ। नयाँ मूल्य साउन १ गतेदेखि लागू हुनेछ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले चलनचल्तीमा जग्गाको मूल्य बढी भएको तर दररेट कम भएका कारण गाउँपालिकालाई जग्गा खरिदमा समस्या भएका कारण मूल्यवृद्धि गर्नुपरेको बताए।

सदरमुकाम सिमकोटमा जग्गाको मूल्य प्रतिवर्गमिटर ६ हजार ५ सय पुगेको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रमा पनि जग्गाको मूल्य १ हजार ६५० निर्धारण गरिएको छ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *