२०८३ कार्तिक १२ गते बुधवार

तालावन्दीले रोक्यो नेसविको शालतमामी

बेलझुण्डिी असार १७ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालयमा लागेको ताला दुइ महिनासम्म पनि खुलेको छैन ।

ताला खोल्ने सन्दर्भमा रजिष्टार माधव अधिकारी नेतृत्वको वार्ता टोलिले काठमाण्डौमा तालावन्दी गर्ने संस्था नेपाल विद्यार्थि संघ आन्दोलन समितिका पदाधिकारीहरुसंग गरेको वार्ता असफल भएपछि पछिल्ला केहि दिन यता वार्ता स्थानिय लेवलमा सुरु भएको बताइएको छ । ताला नखुल्दा विश्वविद्यालयलाइ शालतमामी गर्न सकस भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय श्रोतका अनुसार विद्यँर्थिहरुले राखेका १४ वटा मागहरु मध्ये तीन वटा माग पुरा गर्नै नसक्ने भएपछि ताला खुल्न सकेको छैन ।

अघिल्लो वार्तामा विद्यार्थिहरुले राखेका मागहरुमध्ये विद्यार्थिहरुलाइ २०० प्रतिसत छात्रबृत्ति बृद्धि गर्ने, सेवा आयोगले खोलेको विज्ञापन खारेज गर्ने तथा अनुसन्धान केन्द्र र केन्द्रिय पुस्तकालय काठमाण्डौमा सार्ने सन्दर्भका मागहरु पुरा गर्न नसकिने विश्वविद्यालय पदाधिकारीले बताउंदै आएका छन् ।

साथै विश्वविद्यालयमा भएको भनिएको अनियमितताको छानवीन पनि विश्वविद्यालयले नगरेर अख्तियारले गर्ने सन्दर्भ पनि वार्तामा उठेको थियो । ती उल्लेखित मागहरुका सन्दर्भमा वार्ता टोलि सहमत हुन नसकेपछि स्थानिय राजनितिक तहबाट ताला खोल्ने सन्दर्भमा वार्ता सुरु भएको छ ।

नेपाल विद्यार्थि संघ, नेपाल संस्कृत विश्वविद्यालयसंघर्ष समितिले विभिन्न विद्यपिठमा भएका समस्यालाइ समाधानको माग गर्दै उपकुलपति समक्ष आग्रह गरेपनि माग पुरा नभएको भन्दै गत बैसाख १९ गतेदेखि लगाएको ताला अझै खुलेको छैन ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालयमा लगाएको तालावन्दीले विश्वविद्यालयका संपुर्ण गतिविधि चल्न सकेका छैनन् ।

तीन महिना भित्र दिक्षान्त समारोहको आयोजना, छात्राबासको सटरबाट प्राप्त भाडाको तीस प्रतिसत रकम छात्राबासको विकाशकालागी खर्च गर्न, महेश संस्कृत गुरुकुल र हरीहर गुरुकुल विद्धपिठ(संबन्धन प्राप्त)मा स्थाइ प्राध्यापकहरुको दरवन्दी कायम हुनुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यावस्थापन गर्नुपर्ने, विद्यापिठमा प्रातकालिन र सायमकालिन कक्षाको व्यावस्थापन गर्न, कार्यकारी परीषद र विश्वविद्यालय पदाधिकारीमा लोकतान्त्रिक समुहको उपस्थीति गराउनुपर्ने, विद्यार्थिमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनको मिति तोक्नुपर्ने, अबैज्ञानिक तवरले गरीएको उपप्राध्यापकका ेविज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षिय माग सम्वोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुर्नगठन सहित भ्रष्ट पदाधिकारीको छानवीन गर्नुपर्ने, विश्वविद्यालयमा हुने आर्थिक अनियमितताको छानवीन गर्न छानवीन समिति गठन गर्नुपर्ने लगायतका मागहरु छन् ।

विश्वविद्यालय केन्द्रिय कार्यालयमा लगाइएको तालावन्दीका कारण विश्वविद्यालयले दुरगामी प्रभाव पर्ने खालका कुनैपनि निर्णय गर्न सकेको छैन । वाह्र बर्षदेखि रोकिएको दिक्षान्त समारोह सम्पन्न गर्ने योजना अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ ।

त्यसैगरी पाठ्यक्रम लागुगर्ने निर्णय, एकिकृत हस्पीटलको निर्माणको प्रक्रिया अघि बढाउने, लगायत संपुर्ण पुजिगत बजेट खर्च गर्नकालागी पनि समस्या उत्पन्न भएको विश्वविद्यालयका पदाधिकारीहरुले बताएका छन् ।

विश्वविद्यालयले केहि माग पुरा हुन सक्ने बताएपनि विद्यार्थि संघर्ष समितिले राखेका सवै मागहरुलाइ विश्वविद्यालय स्वयमले चाहेर पनि पुरा गर्न नसक्ने विश्वविद्यालय उपकुलपति प्राध्यापक यादव लामीछानेले बताएका छन् ।

‘अहिले जिल्ला तहमा राजनितिक बृत्तबाट ताला खोल्ने सन्दर्भमा छलफल भैरहेको छ, मलाइ लाग्छ, केहि दिनमै ताला खुल्ने छ’, उपकुलपति लामीछानेले भने । वार्ता र संवादलाइ अघि बढाउन विश्वविद्यालयका रजिष्टारको संयोजकत्वमा एउटा ५ सदस्यीय कार्यदल बनेको थियो । सो कार्यदलले काठमाण्डौमा वार्ता गरी ताला खोल्ने आश्वासन सहित दाङ फर्केको थियो ।

‘तपाइहरु जानुस्, दाङ पुग्दा ताला खुलेको हुने छ, वार्तामा विद्यार्थि नेताले भनेको अभिव्यत्तिः उदृत गर्दै कार्यदलका संयोजक माधव अधिकारीले भने । तर वार्ताटोलि दाङ फर्केको दुइसाता भन्दा बढि समय हुंदा पनि ताला खुलेको छैन ।

विश्वविद्यालयमा निरन्तर तालावन्दी हुनथालेपछि उच्च अदालत तुलसीपुरले करीव ५ बर्ष अघि विश्वविद्यालयमा प्राध्यापक कर्मचारीले कुनैपनि माग राखेर तालावन्दी गर्न नपाइने फैसला गरेको थियो । तर विद्यार्थि संगठनले गरेको तालावन्दीका सन्दर्भमा फैसलाले केहि बोलेको छैन । यहि कारण विश्वविद्यालय प्रशासनले ताला फोर्ने हैसियत राखेको छैन ।

तालावन्दी खासमा विश्वविद्यालय कार्यकारी परीषदमा २ जना लोकतान्त्रिक प्राध्यापक राख्नेमा बढि केन्द्रित भएको बताइएको छ । तर पदाधिकारीहरुले लोकतान्त्रिक प्राध्यापक संगठनको एक जनालाइ र गठवन्धन मध्येबाट माओवादी निटक प्राध्यापक एक जनालइ कार्यकारी परीषदमा ल्याउने प्रस्ताव राखेको थियो । तर सिनेट सभामा यो विषयमा कुनै निर्णय हुन सकेन ।

हाल सम्म पनि यो विषयमा पदाधिकारीहरु सकारात्मक बन्ने र लोकतान्त्रिक प्राध्यापकबाट दुइजनालाइ कार्यकारी परीषदमा लैजाने अवस्था भने देखिएको छैन । यहि कारण विद्यार्थिहरुका गम्भीर मागलाइ सम्वोधन गर्नकालागी एउटा कार्यदल निर्माण गरिएको हो ।

तालावन्दीका कारण विसं २०६७ शालदेखि थाती रहेको दिक्षान्त समारोह हुन सकेको छैन । ‘दिक्षान्त समारोहलाइ यहि बर्ष सम्पन्न गर्नकालागी पदक बनाउने काम भैरहेको थियो, तर तालावन्दीका कारण यो अभियान समेत अवरुद्ध भएको छ’, उपकुलपति लामीछानेले भने ।

लगातार दुइमहिनादेखिको तालावन्दीका कारण विश्वविद्यालयका सवै प्रशासनिक कार्यहरु रोकिएका छन् । कर्मचारीहरुले कापिमा उपस्थीति जनाएर दिनभर विश्वविद्यालय हाताको चौतारामा समय कटाउंदै आएका छन् । आन्दोलनरत विद्यार्थि संगठनले भने माग पुरा नहुंदासम्म तालाबन्दी जारी रहने बताउंदै आएको छ ।

नेपाल संस्कृत विश्व विद्यायलमा नेपाल विद्यार्थी संघले विभिन्न विद्यापीठमा रहेका विद्यमान समस्याहरुलाई मध्यनजर गरेर उपकुलपति समक्ष गत चैत २२ गते माग प्रस्तुत गरेको थियो । तर उक्त मागपत्रको कुनै पनि सम्बोधन नभएपछि नेवि संघले दोस्रो चरणको आन्दोलन अन्र्तगत गत वैशाख १९ गतेदेखि उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ ।

तालावन्दीले विगत दुइ महिनादेखि संपुर्ण प्रशासनिक गतिविधि ठप्प छन् । चौरमा रजिष्टरमा हाजिरी जनाउने कर्मचारीहरुले समेत दुइ महिनादेखि पारीश्रमिक पाएका छैनन् ।

विश्वविद्यालयलाइ असार मसान्तमा खाता वन्द गर्ने शालतमामी गर्न समेत निकै सकस परेको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *