२०८३ कार्तिक १२ गते बुधवार

संसदमा योगेश भट्टराईले उठाए पाठ्यपुस्तकबारे गम्भीर सवाल– शिक्षामन्त्रीलाई निर्देशन दिन आग्रह

काठमाडौं,असार १२ । नेकपा एमालेका सांसद योगेश भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएकोले त्यहाँको पठनपाठन प्रभावित भएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले शैक्षिक सत्र सुरु भएको १ महिना १३ दिन बित्दा ८० लाख विद्यार्थीले पाठ्यपुस्तक नपाएको बताए ।

उनले हरेक वर्ष पाठ्य पुस्तकको समस्या उठाउँदै आएपनि अहिले पनि सो समस्या यथावत रहेको बताए । सरकारले जनक शिक्षा सामग्री केन्द्रमार्फत र कक्षा १ देखि ३ सम्म निजी क्षेत्रबाट पाठ्यपुस्तक छपाई गर्ने जिम्मेवारी दिएकोमा निजी क्षेत्रले छापेको पुस्तक ताप्लेजुङसम्म कञ्चनपुरसम्म पुगेको तर त्यसभन्दा माथिका कक्षाका पाठ्यपुस्तक नपुगेको बताए ।

उनले भने– ‘मैले आफ्नो निर्वाचन क्षेत्र, प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा, शिक्षामन्त्रीको निर्वाचन क्षेत्र बागलुङदेखि काठमाडौंको दरबार हाइस्कुल भानु मावि सम्म १६ वटा विद्यालयको सर्वेक्षण गर्दा ति स्थानमा पाठ्यपुस्तक पुगेको छैन ।

पाठ्यपुस्तक नहुँदा अधिकांश स्कुलमा पढ्न पाठन नभएको त्यहाँका प्रधानाध्यापकले बताएको उनले बताएका छन् । अब छिट्टै प्रथम त्रैमासिक परीक्षा सुरु हुन लागेको ती विद्यार्थीले परीक्षामा के लेख्छन् ? ’

उनले गत जेठ ३० गते शिक्षा मन्त्रीले संसदमा जवाफ दिँदा १५ दिनभित्र पाठ्यपुस्तक पुग्छ भनेकोमा आज १४ दिन भैसकेकोले अझै पुस्तक पुग्न नसकेकाले सभामुखले शिक्षा मन्त्रीलाई निर्देशन दिन आग्रह गरे ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *