काठमाण्डौ,जेठ १७ । प्रतिनिधि सभाको आज मंगलबारको बैठक सकिएको छ । अर्को बैठक भोलि बुधबार ११ बजे पुनः बस्नेछ ।
संघीय संसद्मा सोमबारदेखि सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेट उपर छलफल जारी छ ।
आज सत्तासीन तथा विपक्षी दलका विभिन्न सांसदहरुले बजेटमाथि आफ्नो विचार राखे । बुधबार पनि बजेटमाथिको छलफलले नै निरन्तरता पाउनेछ ।
प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
