२०८३ बैशाख १७ गते बिहिवार

चुनावमा निराशाजनक परिणाम आएको भन्दै रविन्द्र मिश्रद्वारा अध्यक्ष पदबाट राजीनामा

काठमाण्डौ,जेठ ११ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन ।

पालिका चुनाव २०७९ मा सोचेअनुसार परिणाम ल्याउन नसकेको भन्दै आफूले राजीनामा दिएको उनले बताएका हुन ।

मिश्रले आफ्नो फेसबुक पेजमा स्टाटस शेयर गर्दै यसबारे जानकारी गराएका हुन ।

‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छुु उनले लेखेका छन,’निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *