दाङ, जेठ २ । रोल्पाको गंगादेब गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष÷ उपाध्यक्षसहित पाँच वडाहरुमा बिजय हासिल गरेको छ । गंगादेब नेकपा माओवादी केन्द्रको आधार क्षेत्र हो ।
यहाँ नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित सात वडामध्य ५ वडामा जितेर आफ्नो सशक्त उपस्थिति देखाएको छ । एमाले–माओवादीले एक ÷ एक वडामा मात्रै जितेका छन् । अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा काँग्रेसकै अमृता केसी वली विजयी भएकी छिन् ।
नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित पुन कांग्रेस रोल्पाका उपसभापति र कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका सहोदर माइला भाइ हुन । अध्यक्षमा निर्वाचित पुले २५४८ र उपाध्यक्षमा निर्वाचित केसीले २९०९ मत प्राप्त गरिन ।
यहाँ नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रोशनकुमार वलीले २४९९ र उपाध्यक्षमा निर्मला कुमारी वलीले २४४२ मत प्राप्त गरेका थिए ।
त्यस्तै नेकपा माओबादी केन्द्र र नकपा एकीकृत समाजवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार बीरबहादुर केसीले २१५४ र उपाध्यक्षका उम्मेदवार नेपबहादुर डाँगीले १८११ मत प्रापत गरे ।
त्यस्तै बिप्लव माओबादीबाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका चुडामणि वली ९आदर्श०ले १५७३ र उपाध्यक्षमा सुशीला वलीले ८५५ मत प्राप्त गरेकी थिइन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकामा माओवादीको तर्फबाट बीरबहादुर केसीले बहुमत वडासहित विजयी हासिल गरेका थिए । फेरि दोहरिने केसीको चाहाना यस पटक पुरा हुन पाएन ।
यसअघिका गाउँपालिका अध्यक्ष केसी गठबन्धन गर्दापनि प्रतिष्पर्धी भन्दा तेस्रो नम्बरमा परे ।
