२०८३ बैशाख १६ गते बुधवार

मुसिकोट २ र १ नम्बर वडाध्यक्षमा काँग्रेस बिजयी

दाङ, जेठ १ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खड्का निर्वाचित भएका छन् । खड्काले नेकपा माओवादी केन्द्रका उम्मेदवार दलबहादुर खड्कालाई २२१ मतले पराजित गरेका हुन ।

काँग्रेसका खड्काले ६२८ मत प्राप्त गरेका थिए भने माओबादीका दलबहादुर खड्काले ४०७ मत प्राप्त गरेका थिए । वडा सदस्य, दलित महिला सदस्य, महिला सदस्यमा पनि नेपाली कांग्रेसले जितेको छ ।

त्यस्तै महिला सदस्यमा भावना शर्माले ६३६, दलित महिला सदस्यमा कमला दलामी ६२०, खुल्ला सदस्यहरुमा रेशम प्रकाश खड्काले ६१२ र गोपाल खड्काले ५९१ मत प्राप्त गरि निर्वाचित भएका छन् ।


मुसिकोट वडा नम्बर १ मा पनि नेपाली कांग्रेसका ज्ञानुचन्द बिजयी भएका छन् । चन्दले ९०२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी नेकपा माओवादीका डम्बर थापाले ८७३ मत प्राप्त गरे ।

यहाँको मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारको अग्रता कायमै राखेका छन । नगर प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले १६४७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ११४४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका थलबहादुर ओलीले १४१३ मत प्राप्त गर्दा समाजबादीका बिमलकुमार पुनले ९३३ मत प्राप्त गरेका छन् ।
मुसिकोटमा कांग्रेस एमाले र माओवादी केन्द्र र समाजबादीको गठबन्धन छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३०५० मत गणना भएको छ । अहिले वडा नम्बर ३ को मतगणना सुरु हुदैछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *