२०८३ बैशाख १२ गते शनिवार

४ हजार ४ सय ३ वटा नमुना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि

काठमाण्डौ,बैशाख ६ । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार चार सय तीन जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ३४ जनामा झरेको छ । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ७२ हजार ६ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *