२०८३ बैशाख १२ गते शनिवार

२४ घण्टामा ७ जनामा काेराेना पुष्टि

काठमाण्डौ,चैत २४ । पछिल्लो २४ घण्टामा नेपालमा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ६८ जनाको नमुना परीक्षण गर्दा थप सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २५ जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ४७ जनामा झरेको छ । यही अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या शून्य छ ।

यस्तै २४ घण्टामा ५० हजार ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *