२०८३ असोज २८ गते बुधवार

तुलसीपुर – २ मा पुनः दोहरिने राजु आचार्यको चाहाना

तुलसीपुर, चैत २२ । नेपाली काँग्रेस दाङका सहसचिव तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.२ का वडाध्यक्ष राजु आचार्यले पुनः सोही पदमा दोहरिने चाहाना ब्यक्त गरेका छन् ।

सोमबार फरककोणसंगको फोन सम्बादमा वडाध्यक्ष आचार्यले एक कार्यकालका लागि फेरि आँफु वडाध्यक्षमा दोहरिन चाहेको इच्छा ब्यक्त गरे ।

‘मैले पाँच बर्षको भूमिका हेरेर वडाबासी सबै खुसी हुनुहुन्छ,’ उनले भने ‘ मेरो भूमिकाले पार्टीपनि खुसी छ । सबैको आग्रहमा म फेरि एक पटक वडाध्यक्ष बन्न खोजेको छु ।’

आँफुले गरेको कामको आधारमा पुनः अत्यधिक बहुमतका साथ निर्वाचित हुने आचार्यले दाबी गरे ।

‘वडाध्यक्ष जितेपछि बितेको पाँच बर्षको अवधिमा मैले कुनै एउटापनि काम गलत गरेको छैन,’ आचार्यले दाबी गरे ‘ त्यसको मूल्याङकन पार्टी र वडाबासीले अवश्य गर्ने छन् भन्ने मैले ठानेको छु ।’

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *