२०८३ असोज ३० गते शुक्रवार

आज विश्व क्षयरोग विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ,चैत १० । आज विश्व क्षयरोग विरुद्धको दिवस, क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा क्षयरोगको सङ्क्रमण घट्दै गएको भनिए पनि अध्ययनले नयाँ बिरामीको सङ्ख्या समेत धेरै रहेको देखाएको छ ।

सन् २०१८ मा भएको अध्ययनले नेपालमा हरेक वर्ष ६९ हजार नयाँ बिरामी देखाएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिए ।

अध्ययन अघि १३ हजार जना नयाँ बिरामी देखिने गरेका अनुमान गरिएको थियो । अनुमान गरिएभन्दा धेरै सङ्ख्यामा नयाँ बिरामी भेटिएकाले क्षयरोग निवारणमा चुनौती बढेको उनले बताए ।
्
नयाँ–पुराना समेत गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान् छ । तीमध्ये गएको वर्ष २८ हजार ६ सय ७७ जना मात्रै उपचारको पहुँचमा पुगेका छन् । ४० हजारभन्दा धेरै स्वास्थ्यसंस्थाको सम्पर्कभन्दा बाहिर छन्।

क्षयरोगको बेलैमा पहिचान गरी औषधि खाए यो रोग पूर्णरुपमा निको हुन्छ। सरकारले क्षयरोगको औषधि उपचार निस्शुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको डाक्टर ठाकुरले बताए ।
सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरको सुझाव छ ।


यसैबिच दाङमा चालूआर्थिक वर्षमा क्षयरोगीहरु फेरी बढ्न थालेका छन । वितेको २ वर्ष कोभिड –१९ का कारण क्षयरोगीहरुको संख्यामा कमी आएको भएपनि जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ९०१ जना क्षयरोगीहरु रहेको स्वास्थ्य कार्यालय दाङका क्षय÷कुष्ठरोग अधिकृत डम्बर बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार ति मध्ये ४ सय ९७ जना नयाँ क्षयरोगी हुछन । त्यस्तै ४ सय ४ जना औषधि खाएर पनि सन्चो नभइ दोहोरिएका बिरामी छन् ।

यो रोग पत्ता लागि उपचार पश्चात ९३ प्रतिशत व्यक्ति निको भएको छन ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *