२०८३ बैशाख १६ गते बुधवार

कांग्रेस बाँके सभापतिका लागि पुनः मतदान हुने

नेपालगञ्ज,फागुन २० । नेपाली कांग्रेस, बाँकेको सभापतिका लागि पुनः मतदान हुने भएको छ।

सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार मतदान हुने भएको हो।

जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार बिहीबार खसेको एक हजार ४५ मतमध्ये नारायणप्रसाद गौडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याएका थिए। २४ मत बदर भएको थियो।

दोस्रो चरणमा गौडेल र कुर्मीका बीचमा प्रतिस्पर्धा हुनेछ। शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *