२०८३ बैशाख १६ गते बुधवार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाण्डौ,माघ २७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

आजको बैठकमा स्थानीय तहको चुनाव केन्द्रित छलफल गर्ने र केही निर्णय गर्ने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

स्थानीय तह चुनावमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेण्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेण्डा पनि राखिएको उनले बताए ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *