काठमाण्डौ,माघ २४ । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेका हुन ।
नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
महाधिवेशनमा पराजित भए पनि उनलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार