२०८३ बैशाख १२ गते शनिवार

पुस्तक ब्यबसायीद्वारा २ लाख बढि शैक्षिक सामाग्री बितरण


दुखहरण यादव,गढवा,माघ २४ । बसन्त पन्चमि ( सरस्वति पुजा)को दिनको अवसर पारेर नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ क्षेत्रीय समिति देउखुरीले शैक्षिक सामाग्री सहयोग संकलन गरेर बिधालयलाइ हस्तान्तरण गरेको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघको केन्द्रिय कार्यक्रम अनुसार बसन्त पन्चमिको अवसर पारेर बिधालयहरुमा सहयोग गर्ने निर्णय अनुसार गढवा स्थित कालिका प्राथामिक बिद्धालयका बिद्धार्थिलाइ शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ क्षेत्रीय समिति देउखुरीका अध्यक्ष कमल बहादुर खड्काको सभापतित्व,गढवा गाउपालिकाका शिक्षा शाखा संयोजक श्याम बहादुर बिश्वकर्माको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल पुस्तक तथा ब्यवसायि महासंघ क्षेत्रीय कार्यसमितिले गरेको उदाहरणिय कार्यको प्रशांसा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति बिश्वकर्माले कालिका प्राबिमा अभिभावक हरुको उपस्थितिलाइ देखेर आफु खुसि भएको बताउदै यस्तै उपस्थिति आफ्नो बालबालिकाको पढाइको बारेमा बिधालयले छलफल गरेको बेला गरिदिन आग्रह गरे ।

उनले अभिभावकले आफ्नो बिद्यार्थीको गतिबिधिको बारेमा ध्यान दिनु पर्ने र आर्थिक अवस्था जस्तो भएपनि शैक्षिक रुपमा सम्पन्न हुनुको लागि अभिभावकले बिशेस भुमिका निर्वाह गर्नु बताए ।

कार्यक्रममा बिशिस्ट अथिति तथा नेपाल पुस्तक तथा स्टेसनरी ब्यबासायि महासंघ लुम्बिनि प्रदेशका अध्यक्ष भैरव बहादुर रावलले समाजमा शैक्षिक प्रगतिको लागि बिद्धार्थि अभिभावाक दुबैमा पठन संस्कृतिको बिकाश हुनु आवास्यक रहेको बताए ।
बर्तमान समयमा धन दौलत भन्दा पनि सबै भन्दा मुल्यवान सम्पति बिद्या रहेकोले यस विषयमा सरकारले पनि बिशेष चासो दिएर गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पुस्तक तथा ब्यबसायि महासंघ क्षेत्रीय समितिमा आबद्ध ४१ जना पुस्तक ब्यबसायि द्वारा सहयोग गरिएको १ लाख ७१ हजार ८ सय दस रुपैया बराबरको शैक्षिक तथा खेलकुद सामाग्री र कार्यसमितिको कोशको तर्फ बाट २९ हजार नौ सय बराबरको ४६ थान झोला गरि कुल २ लाख १ हजार ७ सय दस रुपैया बराबरको सहयोग गरिएको क्षेत्रीय समितिका सचिव अनिल पौडेलले बताए ।

कार्यक्रममा ५३ जना बिद्धार्थिका अभिभावकलाइ सामाग्री हस्तान्तरण गरिएको थियो ।

सामाग्री हस्तान्तरण समारोहमा कालिका प्राबिका बिद्यालय ब्यबस्थान समितिका अध्यक्ष अतिउल्ला मनिहार,बिद्यालयका प्राध्यानाध्यापक छुनिलाइ चौधरि,नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायि महासंघका जिल्ला अध्यक्ष दिपक भुसाल, जिल्ला उपाध्यक्ष पदम भण्डारि,जिल्ला सहसचिव भानु यादव,पुर्व जिल्ला सदस्य तारा प्रसाद चुदालि लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव अनिल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *