२०८३ मङ्सिर १० गते बुधवार

कांग्रेस तुलसीपुर १८ मा टोल समिति बिस्तार अभियान सुरु

तुलसीपुर,माघ २३ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले टोल समिति बिस्तार अभियान सुरु गरेको छ ।

अभियान अन्तरगत आज आइतवार वडा नंं. १८ का बकुलाही,बांसडबरा र बालुवामा टोल समिति गठन गरेको छ । भेलाले बकुलाही टोलमा बुद्धिराम चौधरीको सभापतित्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।

त्यस्तै बांसडबरा टोलमा सारदा रिजाल वलिको सभापतित्वमा २५ सदस्यीय र बालुवा टोलमा रतन बिकको सभापतित्वमा १५ सदस्यीय टोल समिति गठन गरेको नेपाली कांग्रेस तुलसीपुर १८ का वडा सचिव बिदुर गौतमले जानकारी दिए ।

नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्र खड्काको सभापतित्व तथा कांग्रेस दाङका जिल्ला सदस्य गद्धुलाल चौधरीको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।

भेलामा कांग्रेस दाङ क्षेत्र नं. २ का क्षेत्रीय सचिव हिमबहादुर डाँगी,प्रदेश २ (ख) का कोषाध्यक्ष शंकर नेपाली,प्रदेश प्रतिनिधि रामकुमार डाँगी,क्षेत्रीय प्रतिनिधि बसन्त कुमार शर्मा,हरिश भण्डारी,बिनोद बस्नेत,शिबहरी गौतम,धनबहादुर डाँगी,कांग्रेस तुलसीपुर नगरका संगठन बिभाग संयोजक पिताम्बर वलि,नगर सदस्य रविराज गौतम लगाएतले वडाले सुरु गरेको टोल समितिहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनका लागी महत्वपूर्ण भूमीका खेल्ने विस्वास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण वडा सचिव बिदुर गौतमले गरेका थिए ।

साथै अभियान अन्तर्गत भोली सोमवार तुलसीपुर १८ दुधरासमा रहेका विभिन्न टोलहरुमा समिति गठन गरिने भएकाले उक्त कार्यक्रममा उपस्थितीका लागि सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरु,क्रियाशिल सदस्यहरुलाई आग्रह गरिएको सभापति बिरेन्द्र खड्काले आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *