२०८३ मङ्सिर १० गते बुधवार

संस्थागत रुपमै वडा तहबाटै पार्टी संगठन बलियो बनाउन जरुरी छ – काँग्रेस केन्द्रीय सदस्य गिरी


तुलसीपुर , माघ १६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले संस्थागत रुपमै वडा तहबाटै पार्टी संगठन बलियो बनाउन जरुरी रहेको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँमा आइतबार वडा पार्टी कार्यालयको शिलन्यान पछि सम्बोधन गर्दै नेता गिरीले वडा नै काँग्रेसको जग भएको भन्दै वडामा बलियो जग निर्माण गर्न सके मात्रै देश भर काँग्रेस बलियो बन्ने आधार तय हुने बताएका हुन ।

उनले वडाको नक्शाङकन गरि वडाबासी सबैको रेकर्ड सार्वजनिक स्थलमा राख्न वडा इकाइ समितिलाई आग्रह गरे ।

त्यसैका आधारमा कुन गाउँमा वडाको अवस्था के छ ? कहाँ कस्तो विकाश चाहिएको छ भनेर योजना बनाउन सहज हुने उनले बताए ।

‘ मैले पार्टीमा के स्थान पाउँछु वा म हुन्छु कि हुन्न भन्ने सोच नपाल्नुहोस,’ नेता गिरीले भने ‘म नभएपनि काँग्रेसको प्रतिनिधित्व हुन्छ भन्ने सोच राखेर संगठन निर्माणमा लाग्नुहोस ।

तपाँइको योगदानको एक दिन अवश्य मुल्याङकन हुने छ ।’

नेपाली काँग्रेस कमजोर हुँदा देशमा लोकतन्त्र मात्रै कमजोर नभइ बिकाश र परिवर्तन समेत संभव नहु्ने भन्दै नेता गिरीले सबै संग हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे ।

उनले अहिलेसम्म नेपालका हरेक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको स्मरण गर्दै आधुनिक नेपालको जगपनि काँग्रेसकै कारण संभव भएको बताए ।

‘तेरो र मेरो नभनी र कसैलाई भेदभाग नगरि हातेमालो गरी अगाडि बढ्नुहोस,’ नेता गिरीले भने ‘ यदी काँग्रेसको जग निर्माण गर्ने सवालमा कोही आउँदैन भनेपनि तपाँईहरु अगाडि बढ्नुहोस।’

केन्द्रीय सदस्य गिरीले भाषणले मात्रै उपलब्धि हासिल नहुने भन्दै समाजमा सुख दुखमा हातेमालो गर्न आग्रह गरे ।

कम्युनिष्टहरुले नाटक बढी गर्ने र हिंसा भड्काउन मात्रै उद्धत हुने हुँदा सजग रहेर वडामा संगठन निर्माणमा लाग्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता गिरीको भनाई थियो ।

‘कम्युनिष्टहरु बढी छदमभेषी र नाटकी हुन्छन्,’ उनले भने ‘ उनीहरुको नाटकमा नफस्नुहोला, आर्थिक लालच देखाउन सक्छन् जोगिनुहोला र हिंसा भड्काउन सक्छन् संमेम रहनु होला।’

कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि नेपाली काँग्रेस दाङ जिल्ला सभापति शंकरप्रशाद डाँगीले आन्तरिक निर्वाचनका क्रममा भएको जितहारलाई लोकतान्त्रिक पार्टीको सदस्य हुनुको नाताले सहज रुपमा स्वीकार्न आग्रह गरे ।

‘ लोकतन्त्रमा जितहार स्वभाविक प्रक्रिया हो,’ उनले भने ‘ अब बिपक्षी संगको लडाइमा काँग्रेस एक ढिक्का हुन जरुरी छ ।’

उनले नेपाली काँग्रेसलाई वडा तहबाटै मजबुत र चलायमान बनाउन सके आगामी निर्वाचनमा काँग्रेसलाई जिल्लाका सबै क्षेत्रबाट निर्वाचित गराउन सहज हुने धारणा राखे ।

कम्युनिष्टको एक माना सरकार छँदापनि तीन बर्षसम्म देशका लागि उल्लेखनिय कार्य केही गर्न नसकेको र आपसमा लडेर देश बर्बादीको दिशामा अगाडि बढेपछि अन्त्यमा काँग्रेसले नै देश सम्हाल्नु पर्ने स्थिति सृजना भएको जिल्ला सभापति डाँगीले बताए ।

‘ धेरै टाढा जानै पर्दैन तुलसीपुर–घोराही चार लेन सडकको अवस्था हेरे पुग्छ,’ सभापति डाँगीले भने ‘ कम्युनिष्टकै मेयरका छोराले सम्हालेको काम आज लथालिङ्ग अवस्थामा छ र सडक एम्बुस जस्तै बन्न पुगेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य बुद्धिराम भण्डारीले एकता नै पार्टीको शक्ति भएको हुँदा वडा तहबाटै मजबुत संगठन निर्माणका लागि मजबुत एकता आवश्यक पर्ने औंल्याए ।

उनले वडाको विकाशमा आँफु संधै अग्रसर रहने प्रतिबद्धता जाहेर गरे ।

नेता केशब आचार्यले पार्टी भित्रको जितहारलाई स्वभाविक रुपमा लिन आग्रह गरे ।

‘ आज जित्नेहरु भोलि हार्न सक्छन् र हारेकाहरु जित्ने दिनपनि आउँछ,’ उनले भने ‘ लोकतान्त्रिक पार्टी भित्र जितहारको सवाललाई निर्वाचन पछि सबैले बिर्सनु पर्छ ।’

सम्बोधन गर्दै जिल्ला सचिव अर्जुन योगीले शहिद दिवसकै दिन काँग्रेसको वडा कार्यालय निर्माणका लागि शिलन्यास हुनु शुखद पक्ष भएको भन्दै सबैको सहयोगमा भवन निर्माण गरिने बताए ।

दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्काले काँग्रेसका नेता कार्यकर्ता सबै हातेमालो गरेर अगाडि बढेमा कसैले पनि पराजित गर्न नसक्ने बताए ।

तुलसीपुर ११ का वडा इकाइ सभापति हिमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजाल, तुलसीपुर ७ का वडाध्यक्ष टोपबहादुर केसी, दलित नेता घनश्याम शेरपाइली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, स्थानीय काँग्रेस नेताहरु घनश्याम बस्नेत, यामबहादुर बस्नेत लगाएतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीको वडा कार्यालय भवन निर्माण गर्नका लागि आफ्ना स्वर्गिय पिता लक्ष्मण न्यौंपानेको संझनामा जग्गा दान दिने छोरा अर्जुन न्यौंपानेलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

वडा इकाइ उपसभापति रेशम केसीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा इकाइ सचिव बीरबहादुर बस्नेतले गरेका थिए ।

सुरेश हमालले ब्यक्तिगत ६२ हजार सहयोगको घोषणा गरे
कार्यक्रममा सम्बोधनका क्रममा तुलसीपुर नगर सभापति सुरेश हमालले वडा कार्यालय भवन निर्माण गर्नका लागि ब्यक्तिगत ५१ हजार सहयोगको घोषणा गरेका थिए ।

त्यो बाहेक अपुग भएमा थप रकमसमेत सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यस्तै स्वर्गिय काँग्रेस नेता लक्ष्मण न्यौंपानेको शालिक निर्माणका लागि थप ११ हजार १ सय ११ रुपैंया ब्यक्तिगत रुपमा सहयोग गर्ने नगर सभापति हमालले घोषणा गरेका थिए ।

कार्यक्रममा वडा इकाइ सभापति हिमबहादुर वलीले भवन निर्माणका लागि ब्यक्तिगत पाँच हजार सहयोगको घोषणा गरेका थिए ।

अन्य ब्यक्तिहरुले डिपीआर तयार पारी आउन आग्रह गर्दै भवन निर्माणका लागि सहयोग गर्ने बताएका थिए ।

स्वर्गिय पिता लक्ष्मण न्यौंपानेको स्मृतिमा प्रिगाउँको शिव मन्दिर नजिकै छोरा अर्जुनले १० मिटर चौडाई र २० मिटर लम्बाइको आँफुले चर्चिदै आएको जग्गा पार्टीको नाममा दान गरेका हुन ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *