
माघ १४ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्य गरी पालिकाको चुनावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । यसअघि पनि गठबन्धन दल र शीर्ष नेताबीच पालिकाको चुनावबारे छलफल भएको थियो ।
निर्वाचन आयोगले सरकारलाई पालिका तहको चुनावको मिति तोक्न ताकेता गर्दै आएको छ । तर गठबन्धनका बीचमा सहमति नजुटेका कारण सरकारले अहिलेसम्म मिति तोक्न सकेको छैन ।
प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार
