
दाङ , माघ १२। रिक्त १९ पदका लागि आज राष्ट्रिय सभा निर्वाचन भएको छ।
बिहान ९ बजेदेखि सातै प्रदेशमा रहेका मतदान स्थलमा मतदान सुरू भएको हो। आज अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ।
सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान भएका छन्। मतदाता कोरोना संक्रमित भए पनि मतदान गर्न पाउनेछन्।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य गरी कूल २०२५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउनेछन्।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्।
प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार
