तुलसीपुर, माघ १० । नेकपा माओबादी केन्द्रका तुलसीपुर नगर कमिटी सदस्य झग्गु चौधरीको उपचाकार क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का पूर्व वडा कमिटी अध्यक्ष चौधरीको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
चौधरी तुलसीपुर १० बनगाउँका स्थायी बासिन्दा भएपनि पछिल्लो समय तुलसीपुरमै बस्दै आएका थिए ।
माओबादी केन्द्रका तुलसीपुर नगर कमिटी अध्यक्ष खुसीराम चौधरीले आइतबार लखनउमा उपचारका क्रममा झग्गु चौधरीको मृत्यु भएको जानकारी दिए ।
झग्गु सवार मोटरसाइकललाई गत पुस महिनामा तुलसीपुृरको बाहिनी चोकमा कुखुरा बोक्ने पिकअपले ठक्कर दिएको थियो ।
गम्भीर घाइते नेता चौधरीलाई दाङ, बाँके हुँदै थप उपचारका लागि लखनउ लगिएकोमा त्यही उनको मृत्यु भएको हो ।
चौधरीको अन्तेष्टि सोमबार दिउँसो १२ बजेपछि तुलसीपुर ११ स्थित सुकौरा घाटमा हुने जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार
