तुलसीपुर,पुस २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाललाई मातृशोक परेको छ ।
ढकालकी आमा मनिशरा ढकालको ७६ वर्षको उमेरमा बुधवार राती निधन भएको हो ।
लामो समय देखि प्रेसरको बिरामी रहेकी ढकालको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
स्व. ढकालको बिहिवार तुलसीपुरको सितलपुर घाटमा अन्तेष्टि गरिएको छ ।
प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
