तुसलीपुर, पुस २७ । कोरोना संक्रमनको दर बढ्दै जान थालेपछि स्थानीय प्रशासनले सार्वजनिक स्थलमा हुने भेलाहरुमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबारदेखि यस्तो नियम लागु गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरककोणलाई जानकारी दिए ।
यसअघि गृहप्रशासनले नै यस्तो नियम जारी गरि सकेको थियो ।
‘अबदेखि २५ जना भन्दा बढी उपस्थित हुने गरि सार्वजनिक स्थलमा कुनैपनि भेला वा मेलाहरु आयोजन गर्न रोक लगाइएको छ,’ उनले भने ‘ बिहीबार थप निर्णय हुने छ ।’
बिहीबार जिल्लाका सबै पालिकाका प्रमुख लगाएतलाई छलफलका लागि निम्त्याउन लागिएको उनले जानकारी दिए ।
स्रोतका अनुसार अबदेखि कारागारका कैदी बन्दीहरु संगको भेटघाट समेत बन्द गरिएको छ ।
प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
