२०८३ भाद्र ७ गते आइतवार

कोरोना संक्रमण बढेपछि प्रचण्डले रोके भेटघाट

काठमाडौं,पुस २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि भेटघाट रोकेका छन्।

उनको सचिवालयले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।

प्रचण्डले कोरोना संक्रमण बढेको भन्दै व्यक्तिगत भेटघाटलाई रोकेका छन्। पार्टी कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना देखिएको छ।

साथै प्रचण्डले खुमलटारस्थित घरमा पनि भेटघाट बन्द गर्ने भएका छन्। आठौं महाधिवेशनबाट प्रचण्ड फेरि अध्यक्ष भएपछि बधाई तथा शुभकामना दिनेहरू खुमलटार जाने क्रम बढेको थियो।

कोरोना संक्रमण जोखिम हुने भएकोले भौतिक रूपमा भेटघाट बन्द गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं,प्रचण्डको सचिवालयले भनेको छ।

साथै भिडभाड नगर्न र सचेतना अपनाउन पनि प्रचण्डको सचिवालयले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *