तुलसीपुर,पुस २१ । नेपाल काङ्ग्रेस तुलसीपुर १८ इकाइ समितिको नियमित बैठक सम्पन्न भएको छ ।
इकाइ सभापति बिरेन्द्र खडकाको अध्यक्षता एब नेपाली काङ्ग्रेस दाङ क्षेत्र न २ का क्षेत्रिय सभापति भिम प्रकाश खडकाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले गाउँ-गाउँमा काङ्ग्रेस टाेल समिति गठन गर्ने,मतदाता नामवलि बनाउन छुटेकाहरुको तथ्यांक संकलन गरि नामावली वनाउन सहयोग गर्ने,सम्पुर्ण भातृ संगठनहरु,शुभच्छुक सस्थाहरुको पुर्नगठन गरि कृयाशिल बनाउने,१४ औ महाधिवेशनमा वडा देखि केन्द्रतह सम्म निर्बाचित सबैलाइ बधाई दिने र महाधिवेशन सफल पार्न विभिन्न तह र तप्का बाट सहयोग गर्ने सम्पुर्ण नेतागणहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
सो अबसरमा बोल्दै प्रमुख अतिथी खडकाले पार्टीलाई मजवुत र शसक्त बनाउन सबै एक भएर लाग्नु पर्ने बताए ।
बैठकमा नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि रामकुमार डागि,शंकर नेपाली,जिल्ला सदस्य गद्दुलाल चौधरी,क्षेत्रीय प्रतिनिधि बिजुला परियार,नेपाली काङ्ग्रेस बिजौरी गाबिस पुर्ब सभापति वसन्त कुमार शर्मा लगायतले सुभकामना व्यक्त गरेका थिए ।
यसैबिच नेपाली काङ्ग्रेस तुलसीपुर १८ ले पार्टी कार्यालय स्थापना गरेको छ ।
महिला संघ तुलसीपुर १८ कि सभापति कल्पना बस्नेतले पार्टीको नियमित कार्य सन्चालनका लागि भबन उपलब्ध गराएकी छिन । उनले पार्टीको आफ्नो भबन निर्माण नहुदा सम्म निशुल्क भबन हस्तान्तरण गरेको बताइ ।
पार्टी कार्यालयको उदघाटन नेपाली काङ्ग्रेस दाङक्षेत्र न २ का क्षेत्रिय सभापति भिम खडकाले गरेका हुन ।
उक्त बैठकको सहजीकरण नेपाली काङ्ग्रेस तुलसीपुर १८ इकाइ सचिब बिदुर गौतमले गरेका थिए ।
