२०८३ बैशाख १६ गते बुधवार

कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक आज बस्दै

काठमाण्डौ,पुस १९ । कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक सोमबार बस्दैछ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने जानकारी दिए ।

बैठक केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको उनले बताए। बैठकमा राष्ट्रिय सभा निर्वाचन र समसामयिक विषयमा छलफल हुनेछ।

मंसिर २४ देखि २७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। कांग्रेस विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य बन्छन्।

विधानअनुसार अब सभापति शेरबहादुर देउवाले कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्न पाउनेमध्ये १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

देउवाले यस अगाडि पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई मनोनीत गरेका थिए।

कांग्रेसको १४ औं महाधिवेशनमा पौडेलले सभापति बन्न नपाएपछि निर्वाचन प्रक्रियामा भाग नै लिएका थिएनन्। निर्वाचनमा हारेपनि देउवाले सभापतिमा आफूलाई मतदान गर्नेलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि नेताहरुले असन्तुष्ट जनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा।शेखरप्रसाद कोइराला पक्षका हुन्।

निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए। मनोनित गर्न पाउने ३३ मध्ये अब २० जना मनोनीत गर्न बाँकी छन्।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *