लक्ष्मण बस्नेत, तुलसीपुर, पुस १५ । दाङमा जारी एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को बिहीवारको खेलमा लक्ष्य युवा क्लब तुलसीपुर १५ र सक्शेस फुटबल क्लब तुलसीपुरले बिजयी सुरुवात गरेका छ्न् ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अन्तरगत दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगितामा टाइगर युवा क्लब तुलसीपुरलाई ० का बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै लक्ष्य युवा क्लबले बिजयी सुरुवात गरेको छ ।
त्यस्तै युनाइ्टेड युथ क्लब तुलसीपुरलाई ० बिरुद्ध ३ गोलले पराजित गर्दै सक्शेस फुटबल क्लबले बिजयी सुरुवात गरेको छ ।
त्यस्तै घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा राप्ती फुटबल क्लब र युएनबिसी घोराहीले अंक बाडेका छन् ।
खेलमा दुबै तर्फबाट निर्धारित समयसम्म कुनै गोल हुन नसकेपछि उनीहरुले आपसमा अंक बाडेका हुन ।
जिल्ला लिग अन्तरगत घोराही भरतपुर खेलमैदानमा पाँच क्लब र तुलसीपुर तर्फ पाँच क्लब प्रतिष्पर्धामा छन् ।
त्यस्तै शुक्रबार तुलसीपुरमा पहिलो खेल १२ बजे युनाइटेड युथ क्लब तुलसीपुर र टाइगर युवा क्लबका बीचमा हुने भएको छ ।
त्यस्तै दिउँसो २ बजे लक्ष्य युवा क्लब र एसएसएफए तुलसीपुरका बीचमा खेल हुने भएको छ ।
त्यस्तै घोराहीस्थित भरतपुर खेलमैदानमा पहिलो खेल न्यू स्टार फुटबल क्लब नारायणपुर र नवलपुर फुटबल एकाडेमी भिड्नेछन् । दिउँसो साढे २ बजे हुने खेलमा राप्ती फुटबल क्लब र किसान जागृति भिड्ने भएका छन् ।
२९ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित १० क्लबहरुको सहभागिता रहेको छ ।
