२०८३ मङ्सिर ७ गते आइतवार

कार दुर्घटनामा एक जनाको ज्यान गयो

भक्तपुर,पुस १५ । भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा गएराति कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

भक्तपुरबाट काठमाण्डौ जाँदै गरेको वाग्मती ४ च।५७६ नम्बरको कारले डिभाइडरमा ठोक्किएर अर्को बस र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–१५ घर भइ काठमाण्डौ शान्तिनगर बस्दै आएका अभिषेक साहको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा ज्यान गएको हो ।

गम्भीर घाइते भएका कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते ट्याक्सी चालक रामेछाप मन्थली नगरपालिका–१२ घर भइ ललितपुर टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री भने गएराति उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *