दाङ, पुस ८ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत खस आर्य तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ ।
बिहीबार दिउँसो साढे १२ बजेसम्म ३२०० मत गणना गरि सकिएको छ । अहिलेसम्मको स्थितिमा पूर्व सांसद तथा नेपाली काँग्रेस दाङका पूर्व सभापति गेहेन्द्र गिरी ७औं नम्बरमा कायमै रहेका छन् ।
३२०० मत गणना गर्दा नेता गिरीले ११६८ मत प्राप्त गरेका छन् । खस आर्य तर्फ सात जना निर्वाचित हुने काँग्रेसको बिधानमा ब्यबस्था छ ।
३२०० मत गणना टप सेभनमा को – को छन् ?
१– केशव बुढाथोकी – १४१९
२– गोविन्द शाह – १३९०
३– भिम पराजुली – १३३५
४– श्याम घिमिरे – १३२४
५ – मधु आचार्य – १२४७
६ – नारायण कार्की – १२२७
७ – गेहेन्द्र गिरी – ११६८
८– बिष्णु कार्की – ११३६
९ – हरिबोल भण्डारी – १०८३
१० – तारा कोईराला – १०६६
बुधबार बेलुका ८ बजेपछि स्थगित गरिएको मतगणना बिहीबार बिहान फेरि दश बजेपछि सुरु भएको हो ।