२०८३ मङ्सिर १० गते बुधवार

दाङका योगेन्द्र चौधरी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

दाङ, पुस ८ । दाङका योगेन्द्र चौधरी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

दाङको क्षेत्र नं। १ बाट प्रतिनिधित्व गर्ने नेता चौधरी थारू खुल्ला कलष्टर तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

यसअघिका पनि केन्द्रीय सदस्य चौधरी २१९८ मत प्राप्त गरेका थिए । थारु कलष्टरबाट चौधरीसहित चार जना निर्वाचित भएका हुन । जसमा दुई पुरुष र दुई महिला छन् ।
पुरुष खुल्ला तर्फ रामजनम चौधरीपनि २५०३ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय सदस्य थारू महिलातर्फ कल्पना चौधरी २५२४ मत र जीवन राना २३४९ मत प्राप्त गरि केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *