२०८३ मङ्सिर १० गते बुधवार

प्रदेश २ : कांग्रेस नयाँ नेतृत्वका लागि मतदान जारी

जनकपुर,पुस ८ । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ। बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि साढे ९ मा मतदान सुरु भएको हो।

पहिलो मत सभापति पदका उम्मेद्वार कृष्ण यादवले मतपेटिकामा हालेका हुन्। त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेद्वार रामसरोज यादवले मत खसाएका थिए।

मतदानका ४ वटा बुथ बनाइएको छ। एउटा बुथमा २र२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ। सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँगसँगै बुथ बनाइएको छ।

बुधबार विमलेन्द्र निधि र शेरबहादुर देउवा समूहबीच कुटाकुट भएको थियो। दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेपनि सुरु नगरेको भन्दै आक्रोशित नेता कार्यकर्ताले नाराबाजी गरेपछि झडप भएको थियो।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *