२०८३ जेष्ठ ३० गते शनिवार

काँग्रेस महाधिबेशन ः दीपक गिरी २० र कृष्ण किशोर घिमिरे ३५औं स्थानमा

दाङ, पुस ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत खुलातर्फका ३५ केन्द्रीय सदस्य चुन्न भएको निर्वाचनको मतगणना जारी छ । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा आइतबार दिउँसोसम्म २ हजार ९ सय ९३ मत गणना भइसकेको छ।

यो प्रतिस्पर्धामा दाङका दूई जना नेताहरु पनि छन् । तुलसीपुर निवासी काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले १ हजार ४ सय ४८ मत प्राप्त गरि २०औं स्थानमा रहेका छन् । अहिलेको स्थितिमा गणना भएको मत मध्य उनले झन्डै आधा मत प्राप्त गर्न सफल रहेका छन् । शनिबार राति ११ बजेको मत परिनाम आउँदापनि उनी यही पेरिफेरीमा थिए । यस्ले अब गिरी केन्द्रीय सदस्यमा निर्वाचित हुने लगभग सुनिच्चित जस्तै रहेको आँकलन गरिएको छ ।

त्यस्तै घोराहीबाट प्रतिनिधित्व गर्ने काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व सांसद कृष्ण किशोर घिमिरे पनि अहिले सम्मको स्थितिमा सुरक्षित नै देखिएका छन् । घिमिरेले ठिक ३५औं स्थानमा रहेका छन् । उनले ११ सय मत प्राप्त गरेका छन् ।

शशांक कोइराला १ नम्बरमा

अहिलेसम्मको स्थितिमा सबैभन्दा बढी मत यसअघिका महामन्त्री र अहिले केन्द्रीय सदस्यका उम्मेदवार डा. शशांक कोइरालाले प्राप्त गरेका छन् । उनले २९९३ मत गणना हुँदा २४४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै एनपी साउँदले १८९६, बालकृष्ण खाँणले १८५१, उदयशमशेर राणाले १८०८, रमेश लेखक १७८२, शंकर भण्डारी १७७१ र रामहरि खतिवडा १७७० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको बिधान अनुसार खुला केन्द्रीय सदस्यमा ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *