२०८३ जेष्ठ ३० गते शनिवार

जेसिजको अध्यक्षमा भण्डारी बिजयी र उपाध्यक्षमा भट्टराई

दाङ, पुस ४ । नेपाल जेसिज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा दाङ घोराहीका लालममी भण्डारी निर्बाचित भएका छन् ।
उपाध्यक्षमा दाङ तुलसीपुरका नेत्रलाल भट्टराई ( नारायण) निर्वाचित भएका छन ।

जेसिजको पोखरामा भएको ४८औ राष्ट्रिय महाधिबेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।

राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले प्रतिस्पर्धी विकास मानन्धर, श्यामसुन्दर पौडेल, गोकुल सापकोटा र शिवप्रसाद भुसाललाई पराजित गर्दै निर्वाचित भएका हुन । गत बर्ष भण्डारी अध्यक्षमा पराजित भएका थिए ।

भण्डारी जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष २०२०, राष्ट्रिय उपाध्यक्ष २०१९ , त्रिभुवननगर जेसीजको अध्यक्ष १०१८ लगायतका विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

त्यस्तै जेसिजको राष्ट्रिय उपाध्यक्षमा दाङ तुलसीपुरका नेत्रलाल भट्टराई ( नारायण) निर्वाचित भएका छन । भट्टराई पेशाले शिक्षक हुन । उनी नेपाली काँग्रेसका युवा नेतापनि हुन ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *