२०८३ मङ्सिर १० गते बुधवार

कांग्रेस महाधिवेशन : राती साढे ११ बजे सम्म मतदान हुने

काठमाडौं,मंसिर २७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्ने समय पटकपटक थप भइरहेको छ ।

तोकिएको समयमा महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न नसकेपछि साढे ११ बजेसम्मका लागि मतदान गर्न पाउने गरी निर्वाचन समितिले समय थपेको हो ।

सुरुमा ५ बजेसम्म मतदान गरिसक्नुपर्ने व्यवस्था निर्वाचन समितिले गरेको थियो । तर मतदान गर्न लामो समय लागेपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दै राति साढे १० बजेसम्मका लागि तोकेको थियो ।

कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *