२०८३ बैशाख १६ गते बुधवार

आगामी चुनावमा जित सुनिश्चित गराउन तर्फ लाग्न एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाण्डौ,मङ्सिर २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने तर्फ ध्यानकेन्द्रित गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन ।

शनिवारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अरू पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आउँदा निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गर्नु नपर्ने जिकिर गरे ।

यसैबीच, बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन गरेको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई परिषद्को अध्यक्ष चयन गर्ने प्रस्ताव गरेका छन ।

बोहोराले शनिवार नै केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सल्लाहकार अध्यक्षको शपथ समेत लिएका छन ।

यस्तै बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ भने एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।

त्यस्तै सबै जनवर्गीय सङ्गठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *