काठमाण्डौ,मंसिर २३ । नेपाली कांग्रेसका उपसभापति वीमलेन्द्र निधिले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
निधिले भने,‘मलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैजनाले अहिलेसम्म छलफलमा बोलाएका छैनन । उनीहरुको मप्रति सहानुभुति छ।’
उनले केन्द्रमा पनि निर्विरोध नेतृत्व चयन हुन आवश्यक रहेको बताए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि सुरु हुँदैछ।
प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
