
घोराही, मंसिर १३ । सोमबार घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारीलाई बधाई तथा पदभार ग्रहण कार्यक्रम थियो ।
जिल्ला निर्वाचन समितिका संयोजक प्रल्हाद कार्कीको अध्यक्षता तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बधाई, स्वागत, सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रमा अघिल्लो दिन शंकरप्रशाद डाँगीलाई सर्वसम्मत सभापतिमा निर्वाचित गराउन आफ्नो उम्मेदवारी फिर्ता लिएका निकटतम प्रतिद्धन्दी भूपबहादुर डाँगीपनि आएका थिए ।
भूपबहादुरले शंकरलाई खादा ओढाएर सम्मान ब्यक्त गरे । अभिर लगाई दिएर आत्मिएता साटे । त्यतिबेला नव निर्वाचित सभापतिले भूपबहादुरको हातमै ढोक गरे । भूपबहादुरले भातृत्व प्रेम दर्शाउँदै आर्शिबाद दिए । ‘कार्यकाल सफल र उत्कृष्ट होस, सबैलाई समेटर अगाडि बढ्नु । आगामी निर्वाचनमा सबै क्षेत्रमा काँग्रेसका उम्मेदवारलाई बिजयी बनाउन भूमिका खेल्नु।’
त्यसपछि सभापति शंकरप्रसाद डागीले सुझावलाई दाङ कांग्रेसको सम्पतिका रुपामा लिएर पार्टी निर्माणमा लाग्ने प्रण गरे । उनले जिल्लाका सम्पूर्ण काँग्रेसका अग्रग नेताहरु आफ्नो अभिभाव र तरुण तथा बिद्यार्थीहरु भाइ बहिनी समान हुने बताए ।
‘ महत्त्वपूर्ण जिम्मेवारी मलाई सबैले सुम्पिनु भएको छ,’ शंकरले भने ‘ म निष्ठा र इमान्दारी पूर्वक पार्टीलाई जिल्लामा एक नम्बर बनाउन अहोरात्र खट्ने प्रण गर्न चाहान्छु।’दाङ कांग्रेसलाई एक चलाएमान, प्रबिधि युक्त र नवीन कांग्रेसका रुपमा अघि बढाउने उनले तर्क गरे ।
कांग्रेस दाङका निबर्तमान सभापति कीर्तिबहादुर खड्काले नयाँ कार्यसमितिले नयाँ उर्जा र जोसका साथ काम गर्नुपर्ने बताए । उनले बिपीको नितिलाई आत्मसात गरेर अघि बढ्न शुभकामना दिए । अबको मिसन कांग्रेसको सरकार बनाउनका लागि जनताप्रती सहनसिन,चरित्रवान,नैतिकवान र इमानदार बनेर लाग्नुपर्ने खड्काको भनाई थियो ।
इतिहास बोकेका नेतालाई कांग्रेसमा लात हान्ने काम भएको भन्दै उनले क्षनिक लाभका लागि नलाग्न तथा पार्टी भित्रका असन्तुष्टीहरुलाई पार्टी भित्रै समाधान गरि बिकृती र बिसगतिलाई मौलाउन नदिन सल्लाह दिए ।
कांग्रेस नेतृ तथा राष्टिय सभा सदस्य अनिता देबकोटाले निर्वाचनबाट बिजेता र उपबिजेताहरु संगसंगै हिड्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताइन ।
पुर्व जिल्ला सभापति बिरकेश्वरी गौतमले नीति, नारा र नेतृत्वका आधार अघि बढ्न शुभकामना दिए । पार्टीको नीतिभन्दा बहिर कहिलै नजान सुझाए ।
लुम्बिनी प्रदेशका मन्त्री अर्जुनकुमार श्रेष्ठले निर्वाचनका क्रममा भएका तितामिठा कुरालाई भुलेर कांग्रेसलाई बलियो र संगठित बनाउन लाग्नुपर्ने सझाए । सभापति पदका प्रत्यासी भुपबहादुर डाँगी स्वार्थरहित कांग्रेस निर्माण गर्नेगरी अघि बढ्न शुभकामना दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङ क्षेत्र न २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस क्षेत्र न ३ का सभापति जगतबहादुर खड्का, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अमरबहादुर खड्का,नेपाल ट्रेड युनियन कांग्रेस उपमहासचिव गणेश केसी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला निर्वाचन समितिका सहसंयोजक कुमारराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रकाश डाँगीले गरेका थिए ।
