
लमही, मंसिर ८ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ मा क्षेत्रीय समिती र केन्द्रीय महाधिबेशन प्रतिनिधिहरु सबै भेषराज पाण्डेकै प्यानलले क्लिनस्वीप गरेको छ । सर्बजित डिसीको प्यानलका एक जनापनि निर्वाचित हुन सकेनन् ।
यो क्षेत्रबाट स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा अनुराग खड्काले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी दाङका सबैभन्दा कान्छो उम्मेरका महाधिबेशन प्रतिनिधि हुन । जस्ले ४ सय ९७ मत प्राप्त गरे ।
त्यस्तै क्रमश : नेताहरु जानकिलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी, किरण किशोर घिमिरे, कृष्ण किशोर घिमिरे, मधु प्रसाद न्यौपाने, प्रदिपराज शर्मा , मोहन गिरी, हरी प्रसाद भुषाल र चन्द्र बहादुर घर्ती केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
त्यस्तै प्रत्यक्ष महिला तर्फ खिमादेबी रिजाल, गिरिजा देबी न्यौपाने, धनपती देबी यादब र बिमला नेपाली माधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन । आदिबासी जनजातीबाट रेशमबहादुर बुढा मगर र मधेशी कोटाबाट अनुराग यादब बिजयी भएका छन ।
त्यस्तै खस आर्यबाट खिमाकुमारी अधिकारी र अनुपकुमार थापा बिजयी भएका छन । दलित कोटाबाट ताराप्रसाद नेपाली निर्वाचित भए । थारु कोटाबाट यसोदा चौधरी, शुसिला चौधरी , बिलोचन चौधरी र हिरालाल चौधरी बिजयी भएका छन् । मधेसी, मुस्लिम ÷ अल्पसँख्यक बाट गुलाम महमद जागा मुसलमान केन्द्रीय महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।
